स्थानीय बासिन्दा द्वारा मेलम्ची पानी काठमाडौ पथान्तरणमा रोक

दिपक विक्रम देउजा

सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको हेलम्बुका स्थानीयले मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण बन्द गराएका छन् । हेलम्बु गाउँपालिका–१,अम्बाथानस्थित सुरुङबाट बिहीबार मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले खानेपानी आयोजनाको साइट कार्यालयमा ताला लगाइदिएको हो ।

        
स्थानीयले माग पूरा नभएसम्म पानी पथान्तरणको गर्न नदिने अडान लिएका छन् । यसअघिका आन्दोलनमा भएको सहमति कार्यान्वयन नगरिएको भन्दै मेलम्ची बाढी पीडित संघर्ष समिति, विभिन्न राजनीतिक दल, स्थानीयले माग पूरा नभएसम्म पानी पथान्तरण बन्द गराएको मेलम्ची खानेपानी बाढिपिडित संघर्ष समितिका उपाध्यक्ष नवराज गुरागाईंले जानकारी दिनुभयो ।
मेलम्ची खानेपानी आयोजना प्रभावित र बाढी पीडितहरूले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीहरूको संरक्षण, मेलम्ची बाढी अघि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई मेलम्ची करिडोरमा बनाइएको घर व्यवसायको ऋण मिनाहा गर्नुपर्ने, बाढीबाट मृत्यू भएका परिवारलाई प्रतिव्यक्ति १० लाख क्षतिपूर्ति दिनुपर्ने, स्थानीय सरकारमार्फत खानेपानीको लेवी उपलब्ध गराइनुपर्ने, नयाँ घर निर्माणका लागि २० लाख अनुदान दिनुपर्नेलगायतका विभिन्न माग उनीहरूले राखेका छन् ।

   
स्थानीयको माग पूरा नगरी मेलम्चीको पानी काठमाडौं लान नपाइने उनीहरूको भनाइ छ । पीडितहरूलाई आयआर्जनका कार्यक्रमहरू लागू गराउन माग गर्दै १७ बुँदे ध्यानाकर्षण गराइएको हो । यसअघि २०८१ असोज २३ गते संघर्ष समिति र गाउँपालिकासँग तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवले मागमा पूरा गर्ने सहमति गर्नुभएको थियो । अर्को तर्फ मेलम्ची खानेपानी अन्तरगतका विभिन्न समाजिक उत्थान समितिहरु समेत आफुूूहरुुको मागमा कुनै सुनुवाइ नगरेको भन्दै मेलम्ची खानेपानी को मुख्य कार्यायल पानी पोखरीमा ताला लगाएको हेल्मो सिन्धु सामाजिक उत्थान कार्यक्रमका अध्यक्ष उपेन्द्र तामाङ जानकारी दिनुभयो ।

प्रतिक्रिया