सिन्धुपाल्चोक — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फ उम्मेदवारहरूको नामावली सिफारिस गरेको छ।
राप्रपाको केन्द्रीय संसदीय समितिको निर्णयअनुसार जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले निर्वाचन क्षेत्र नं. २ अन्तर्गत उम्मेदवार सिफारिस गरेको हो।
कार्यसमितिको बैठक तथा छलफलपछि उम्मेदवारहरूको नामावली प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि सिफारिस गरिएको पार्टीले जनाएको छ।
प्रत्यक्ष तर्फ एक नम्बरमा पशुपति शम्शेर जंगबहादुर राणालाई सिफारिस गरिएको छ । त्यस्तै ई. गोपीकृष्ण चौलागाईं ,कुमारी तामाङ र देवराज गुरुङ सिफारिस गरेको छ।
उमेदवार सिफारिस भएको मध्य ईन्जिनियर चौलागाईं युवा कोटा (४०) वर्ष मुनिका पार्टी केन्द्रीय सदस्य समेत हुनुहुन्छ । त्यस्तै तामाङ हाल वाग्मती प्रदेश सभा सदस्य तथा पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा भएको बुझिएको छ भने नेता गुरुङ क्षेत्रीय सचिव तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रभावसाली तथा विकास प्रेमी युवा नेताको रुपमा परिचित छन्न गत स्थानीय तहको निर्वाचनमा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ७ बाट निर्वाचित सदस्य समेत हुनुहुन्छ ।
रोचक कुरा के छ भने गुरुङ गत निर्वाचनमा प्रहरी हिरासतमा हुदै गर्दा लोकप्रिय मतका साथ वडामा निर्वाचित हुनुभएको थियोे ।
यता समानुपातिकमा (खस/आर्य) तर्फ उदय सापकोटा, बाबुराम खड्का, अमरबहादुर पण्डित, चिरञ्जीवी खनाल र हरि नेपाल सिफारिस हुनुभएको छ। त्यस्तै आदिवासी जनजाति कोटामा नरसिंह श्रेष्ठ, गोविन्द गुरुङ, गोपाल श्रेष्ठ, शेषबहादुर तामाङ, हरि गुरुङ, बहादुर तामाङ र अनिल तामाङ सिफारिस हुँदा समानुपातिक जनजाति महिलामा सम्झना भट्टराई माझी, हिरामाया तामाङ, सकुमाया गुरुङ र महिलातर्फ सुन्तली ढुंगेल तथा गोमा अधिकारी सिफारिस हुनुभएको छ ।
क्षेत्रीय अध्यक्ष कुमारी तामाङद्वारा हस्ताक्षरित पत्रमार्फत जिल्लामा उम्मेदवारहरूको उक्त नामावली सिफारिस गरिएको हो ।