ढाका कपडाबाट सफल उद्यमी कल्पना योङ्ग हाङ्ग लिम्बू

दिपक विक्रम देउजा

काठमाडौं । नेपाली मौलिकता र पहिचानसँग जोडिएको ढाका कपडा अहिले राष्ट्रिय गौरवको प्रतीक बनेको छ। यही परम्परागत सीप र संस्कृतिलाई व्यवसायिक रूप दिँदै उद्यमी कल्पना लिम्बूले ढाका कपडाको क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सफल हुनुभयो छ।
           
पूर्वी पहाडी जिल्ला पाँचथरमा शैक्षिक परिवारमै जन्मिएकी लिम्बूको १३ वर्षको कलिलो उमेरमै वैवाहिक जीजन बाँधिनु भएकी लिम्बूको   एक छोरा एक छोरी हुदा समेत वैवाहिक सम्बन्ध राम्रो हुन सकेन जसले गर्दा जीवना निकैअप्ठ्यारो र पीडादायी अवस्था खेप्नु परेको कुरा संझिदै भक्कानिनु हुन्छ लिम्बू

     

सन् २०६४ सालदेखि निरन्तर रूपमा ढाका कपडाको उत्पादन र प्रवर्द्धनमा संलग्न छिन्। हाल उनले सञ्चालन गर्दै आएकी “कल्पना ढाका बुटिक सेन्टर” मार्फत काठमाडौँको चाबहिलमा सबै खाले ढाका कपडा र सामग्री उपलब्ध छन्। उनका अनुसार हाल २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने करिब पाँच हजारभन्दा बढीलाई उनले सीपमूलक तालिम दिइसकेकी छिन्।

    

ढाका कपडाको प्रवर्द्धनका लागि गरेको योगदानकाे कदरस्वरूप उनलाई तत्कालीन राष्ट्रपति विद्या देवी भण्डारीले सम्मान समेत गर्नुभएको थियो। यस्तै, लिम्बूको नेतृत्वमा अमेरिकामा समेत ढाकाको आउटलेट सञ्चालनमा आएको छ, जसले नेपाली परम्परागत कपडालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने कार्यलाई सुदृढ बनाएको छ।
           
लिम्बूका अनुसार हाल ढाका कपडा केवल परम्परागत पोशाकमै सीमित छैन, दैनिक जीवन र विशेष समारोहहरूमा समेत यसको प्रयोग बढ्दो क्रममा छ। पुरुषका लागि ढाकाको टोपी, दौरा, महिला र बालबालिकाका लागि सारी, चोलो, ब्यागदेखि ओछ्याउनका सामग्रीसम्मको माग उच्च रहेको छ।

ढाका कपडाको सौन्दर्य र महत्व नेपाली संगीत र साहित्यमा समेत उल्लेख गरिएको छ। वरिष्ठ गायिका कुन्ती मोक्तानको स्वरमा रचित “चोली राम्रो पाल्पाली ढाकाको…” गीतले ढाका कपडाको आकर्षण र सांस्कृतिक मूल्यलाई झल्काएको छ।

परम्परागत करघामा हातैले बुन्ने ढाका कपडा कपास, रेशम वा धागो प्रयोग गरेर विभिन्न रङ र डिजाइनमा तयार पारिन्छ। यसको उत्पत्ति नेपालको तेह्रथुम जिल्लाको ढकुटा (ढाका) क्षेत्रबाट भएको मानिन्छ।
ढाका कपडा अहिले नेपाली पहिचान मात्र नभई आर्थिक सशक्तिकरणको माध्यम पनि बनेको छ।

📌 मुख्य तथ्यहरू:

उद्यमी/ फेसन डिजाइनर : कल्पना लिम्बू

उद्यम आरम्भ: २०६४ सालदेखि

प्रत्यक्ष रोजगारी: २५ जना

सीप तालिम लाभार्थी: ५,००० भन्दा बढी

सम्मान: पूर्व राष्ट्रपति विद्या देवी भण्डारीबाट

आउटलेट: काठमाडौं (चाबहिल) र अमेरिका

         

प्रतिक्रिया