सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय संजालले काठमाडौंमा आज आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै ई. भट्टले कुनै पनि विपद् हुँदा खोज तथा उद्धारमा समुदाय नै पहिले पुग्ने भएकोले समुदायको क्षमता अभिवृद्धि गर्नुपर्ने धारणा राख्नुभयो।
ई. भट्टले समुदायमै रहने विपद् स्वयंसेवकहरु तयार एवं संगठित गर्ने अभियानलाई प्राधिकरणले विशेष प्राथमिकता दिएको पनि जानकारी दिनुभयो।
कार्यक्रममा नेपाली सेनाका तर्फबाट ग्यासजन्य, तेलजन्य तथा शरीरमा लागेको आगो निभाउने उपायहरुहरुको प्रदर्शन गरेको थियो।
संजालका अध्यक्ष श्यामबाबु कट्टेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा तारकेश्वर खैँजडी भजन समूहले विपद् व्यवस्थापनका विषयहरु समेटिएको भजन पनि प्रस्तुत गरेको थियो।
२६ मङ्सिर २०८२, शुक्रबार ०४:३२ मा प्रकाशित