जरायटार सानाकिसान कृषि सहकारीको ५औँ साधारणसभा सम्पन्न

दिपक विक्रम देउजा
देवराज सुवेदी मेलम्ची–११ स्थित जरायटार सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष शिवप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न सभामा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य तथा मेलम्ची–११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङ, प्रदेश कृषि सहकारी संघका सचिव तथा जिल्ला कृषि सहकारी संघका अध्यक्ष मित्रलाल चौलागाईं, सचिव रामशरण गिरिलगायतको उपस्थिति रहेको थियो ।
 
     

प्रमुख अतिथि आइतमान तामाङले सहकारीलाई नीतिगत रूपमा सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।मेलम्ची ११ का अध्यक्ष चन्द्रबहादुर तामाङले  सहकारीबाट ऋण लिने सदस्यहरूले समयमै ऋण तिर्ने हो भने सहकारी संस्थाहरू समस्यामा नपर्ने भन्दै यस विषयमा सबैले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

       

त्यसैगरी जिल्ला कृषि सहकारी संघका अध्यक्ष मित्रलाल चौलागाईंले सदस्यहरूले बीमा तथा बचतलाई प्राथमिकता दिई जोखिमबाट मुक्त हुनुपर्ने बताउनुभयो । उहाँले सहकारीसँग सम्बन्धित विभिन्न जानकारीसमेत सहभागीहरूलाई गराउनुभयो ।

सभामा सहकारीको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष भट्टराईले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन  प्रबन्धक चालिसेले प्रस्तुत गर्नुभयो । सहकारीले यस वर्ष सेयर सदस्यहरूलाई १३ प्रतिशत सेयर बोनस वितरण  गरेको जानकारी दिइयो ।

लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक कौसिला ढकालले प्रस्तुत गर्नुभएको थियो । हाल सहकारीमा १ हजार १५४ जना सदस्य आबद्ध रहेका छन् ।

कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य टिकादत्त धितालले गर्नुभएको थियो ।

प्रतिक्रिया