काठमाडौ ;अरुणिमा–रमेश विकल अन्तर विद्यालय स्थलगत बाल चित्रकला प्रतियोगिता – २०२५ नव अरुणिमा मा.वि. आरुबारीमा मिति २०८२ शनिबार भब्य कार्यक्रका साथ सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ चित्रकार ललितकला क्याम्पसका पूर्व क्याम्पस प्रमुख कृष्ण मानन्धर, पूर्व कुलपति नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा रमेश विकल साहित्य प्रतिष्ठानका उपाध्यक्ष के. के. कर्माचार्य, अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुंगाना र कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत ३१ वटा विद्यालयका ५९ जना विद्यार्थीहरू सहभागी रहेका थिए । सहभागी विद्यार्थीहरूको चित्रकलाको मूल्याङ्कन चित्रकार ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व सचिव रबिन कोइराला र चित्रकारितामा स्नातकोत्तर श्याम श्रेष्ठले गर्नुभयो । प्रतियोगिताका विजयी विद्यार्थीहरू (प्रथम– आरोशी गुरुङ, चेल्सी वल्र्ड स्कूल, द्वितीय– श्रीकन्या चाम्लिङ राई, अरुणिमा मा.वि., तृतीय– लामो लोप्चन लामा, न्यू बुद्ध प्रकाश सेकेन्डरी स्कूल, सान्त्वना– सिजन लामा, टाइमलाइन स्कूल र प्रशंसा तामाङ– जीवनतारा एकेडेमी) लाई सोही समारोह बिच प्रमाण पत्र, ट्रफी, मेडलसहित पुरस्कार वितरण गरियो । कार्यक्रमको अन्त्यमा सभाध्यक्ष नव अरुणिमा मा.वि.का अध्यक्ष गोपालप्रसाद बरालले कृतज्ञताका साथ सम्पूर्ण उपस्थित महानुभावहरूमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो ।