सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश ‘ख’ समन्वय कमिटीको बैठक आज सुकुटेमा सम्पन्न भएको छ बैठकले विभिन्न पाँचवटा महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकले आसन्न जिल्ला प्रतिनिधि परिषद् बैठकलाई सभ्य र भव्य बनाउन सहयोग गर्ने, पार्टीको विधान अधिवेशनमा सुझाव दिने र सुकुटे–जुरे–बलेफी–तेम्बाथान पदयात्रा गर्नेलगायत निर्णय गरेको समन्वय कमिटीका संयोजक चरीबहादुर तामाङले जानकारी दिएका छन् ।
बैठकमा जिल्ला कमिटी अध्यक्ष होमनारायण श्रेष्ठलाई प्रमुख अतिथि बनाइएको थियो । त्यस्तै प्रदेश कमिटी टपिन्द्र तिमल्सिना र विदुर भारती पनि सहभागी थिए।
३१ साउन २०८२, शनिवार ०४:४७ मा प्रकाशित