नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट युवा नेता विकास तामाङको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरिएको छ।
क्षेत्रीय सभापति आइतमान तामाङको अध्यक्षतामा बसेको क्षेत्रीय कार्यसमितिको बैठकले विकास तामाङ सङै प्रतिनिधि , राष्ट्रिय र समानुपातिकको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
विकास तामाङलाई विकासप्रेमी, सक्रिय र ऊर्जावान युवा नेताका रूपमा चिनिन्छ। यसअघि सम्पन्न प्रदेशसभा निर्वाचनमा पनि उनी उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएका थिए।
पार्टी संगठन सुदृढीकरण, जनतासँगको नजिकको सम्बन्ध र विकासमुखी दृष्टिकोणका कारण उनको नाम सिफारिस गरिएको छ ।
२९ मङ्सिर २०८२, सोमबार ०८:५७ मा प्रकाशित