सिन्धुपाल्चोक, भदौ १३। जुगल गाउँपालिका र बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रबीच १८ वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनर्स्थापना, सहायक सामग्री र कृत्रिम अङ्ग उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको छ।
सम्झौताअनुसार “अपाङ्गता व्यवस्थापन तथा मुलप्रवाहीकरण” कार्यक्रम आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म सञ्चालन हुनेछ। यसमार्फत अपाङ्ग बालबालिकाको अनुगमन, उपचार र सामाजिकीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्झौता कार्यक्रम गाउँपालिका अध्यक्ष रेशम स्याङबो, प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिक, सिबिआर सुपरभाइजर टिका बिश्वकर्मा लगायतको उपस्थितिमा सम्पन्न भएको हो।
१२ भदौ २०८२, शुक्रबार ११:०५ मा प्रकाशित