थाइल्यान्डमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दोमा मेलम्ची ७का ११ वर्षीय ससाङ तामाङलाई सिल्वर मेडल

दिपक विक्रम देउजा

 — मेलम्ची नगरपालिका–७ का ११ वर्षीय ससाङ तामाङले थाइल्यान्डमा सम्पन्न हिरोस तेक्वान्दो इन्टरनेशनल च्याम्पियनसिप (पाँचौं ग्रुप) मा उत्कृष्ट प्रदर्शन गर्दै सिल्वर मेडल जितेका छन्।

श्रेय अभि तामाङ र लाक्पा दिकि शेर्पाका छोरा ससाङले छोटो समयमै न्यु तेक्वान्दो गोकर्णेश्वर एकेडेमीबाट प्रशिक्षण लिएर अन्तर्राष्ट्रिय स्तरमा आफ्नो परिचय बनाउन सफल भएका हुन्। प्रतियोगितामा २८ देशका करिब ३८ सयभन्दा बढी खेलाडीबीच प्रतिस्पर्धा भएको थियो।

कोच मुना मगरको मार्गदर्शनमा खेलेका ससाङले उत्कृष्ट प्रदर्शन गर्दै दोश्रो स्थान हासिल गरे। जितपछि उनले थाइल्यान्डमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै गौरवपूर्ण क्षण बाँडेका थिए।

ससाङको यो उपलब्धिप्रति उनका परिवार, मेलम्ची नगरवासी तथा सम्पूर्ण नेपालीले खुसी व्यक्त गरेका छन्।

प्रतिक्रिया