सिन्धुपाल्चोकमा एमाले प्रतिनिधि परिषद् बैठक: भदौ ३ गते मेलम्चीमा

दिपक विक्रम देउजा

मेलम्ची  —  एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकको प्रतिनिधि परिषद् बैठक भाद्र ३ गते बिहान ११ बजे मेलम्ची बजारमा भव्यताका साथ हुने भएको छ। बैठकमा प्रमुख अतिथिका पार्टीका महासचिव क. शंकर पोखरेलको उपस्थित रहनेछ भने जिल्ला कमिटी अध्यक्ष होमनारायण श्रेष्ठले पनि आफ्नो धारणा सार्वजनिक गर्नेछन्।

अध्यक्ष होमनारायण श्रेष्ठले बैठकको महत्वबारे बताउँदै भने, “सिन्धुपाल्चोकमा पार्टीको संगठनलाई अझ मजबुत बनाउनु र स्थानीय विकासका कामलाई तीव्र गतिमा अघि बढाउनु हाम्रो मुख्य उद्देश्य हो। प्रतिनिधि परिषद् बैठकले हामीलाई आगामी रणनीति तय गर्न, स्थानीय जनताको आवश्यकता बुझ्न र प्रत्यक्ष संवाद गर्ने अवसर दिनेछ। सबै सदस्यहरूले जिम्मेवारीपूर्वक सहभागिता जनाउँदै सक्रिय भूमिका निर्वाह गर्नुपर्छ।”

महासचिव पोखरेलले बैठकमा पार्टीको एकता, संगठन सुदृढीकरण र विकास परियोजनामा सक्रियता बढाउने दिशामा ठोस निर्देशन दिने अपेक्षा गरिएको छ। उहाँले स्थानीय तहसँग समन्वय गर्दै जनतासँगको प्रत्यक्ष संवाद र सहकार्यका माध्यमबाट सिन्धुपाल्चोकको समग्र विकासमा एमालेको योगदानलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता जनाउनेछन्।
बैठकमा आगामी निर्वाचनको रणनीति, पार्टी संगठन सुधार, स्थानीय विकास योजना, शिक्षा, स्वास्थ्य र पूर्वाधारसम्बन्धी प्राथमिकतामा विशेष छलफल हुने कार्यक्रम तय गरिएको छ। आयोजकहरूले बैठकले संगठनात्मक मजबुती, विकास योजनाको कार्यान्वयन र जनतासँगको सम्बन्ध सुदृढ गर्न नयाँ ऊर्जा दिने विश्वास व्यक्त गरेका छन्।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार, यस बैठकले एमालेलाई केवल संगठनात्मक हैसियतमा मात्र नभई विकास र जनतामुखी कार्यक्रमका दृष्टिले पनि थप सशक्त, सुदृढ र गुटबन्दीविहिन पार्टीका रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया