एनपीएल क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक

दिपक विक्रम देउजा

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार खेलतालिका सार्वजनिक गरेको हो ।

मंसिर १ देखि सुरु हुने दोस्रो संस्करणको तालिका अनुसार एनपीएलको खेल त्रिवि क्रिकेट रंगशालामा फ्लडलाइटमा पनि खेलिने भएको छ ।

तालिका अनुसार उद्‍घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज खेल्ने छन् । खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ ।

   

प्रतिक्रिया