गायक पदम दुलालको नयाँ गीत ‘ए मेरो बाबा, ए मेरी आमा’ सार्वजनिक (भिडियो सहित

दिपक विक्रम देउजा

यसअघि पनि पदम दुलालले समाज र जीवनसँग जोडिएका विभिन्न चर्चित गीतहरू बजारमा ल्याइसकेका छन्। विशेषगरी ‘मेलम्ची को दाइ'भन्ने लोकप्रिय गीतमार्फत उनले गाउँ–घर र सहरका श्रोताको मन जितिसकेका थिए। दुलालका गीतहरूमा पारिवारिक माया, संस्कार, जीवनयात्रा र सामाजिक सन्देश झल्किने गरेको पाइन्छ। ‘ए मेरो बाबा, ए मेरी आमा’ गीतलाई लिएर गायक दुलालले भने, “यो गीत मैले आफ्ना मात्र नभई सबै आमाबुबा सम्झँदै गाएको हुँ। हाम्रा जीवनका असली नायक नै आमाबुबा हुनुहुन्छ, जसलाई हामीले जीवनभर सम्मान र सम्झनु पर्छ भन्ने सन्देश दिन खोजेको छु।” गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि दर्शक–श्रोताले सकारात्मक प्रतिक्रिया दिन थालेका छन्। यो गीत गायक पदम दुलालको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिनेछ

प्रतिक्रिया