जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिल्लामा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम गर्न आज बुधबार बिहान १०:०० बजेदेखि निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोता द्वारा जारी आदेश अनुसार आज बिहान १०:०० बजेदेखि बेलुका ६ बजेसम्मको लागी जिल्ला भित्र सभा, जुलुस, प्रदर्शन तथा भिडभाड गर्न नपाइने व्यवस्था मिलाइएको छ।
हालै केही दिनएता जिल्लामा भइरहेका गतिविधिले अवाञ्छित परिस्थिति सिर्जना भई शान्ति सुरक्षामा असर पर्ने आशंका रहेकाले यस्तो निर्णय लिनुपरेको प्रशासनले स्पष्ट पारेको छ।
आदेशअनुसार, यस अवधिमा सभा, जुलुस, घेराउ, हुलदङ्गा, माइकिङ, जुलुस प्रदर्शन तथा सामूहिक भेला पूर्ण रूपमा प्रतिबन्धित गरिएका छन्। आदेश उल्लंघन गर्ने व्यक्तिहरूमाथि कानूनी कारबाही हुने जिल्ला प्रशासनले चेतावनी दिएको छ।
२५ भदौ २०८२, बिहिबार ११:१० मा प्रकाशित