काठमाडौं । लोकगायक महेन्द्र तिमिल्सिनाको निधन भएको छ ।
सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ पात्लेका तिमिल्सिनाको उपचारको क्रममा गए राती धुलिखेल अस्पतालमा निधन भएको हो ।
गायकी कोमल ओलीसँग गाएको ‘भेटै भयो सुनकोशी मेलैमा, माइतै बस्यौ घर गर्ने बेलामा’ लगायत दर्जनौँ बढी गीतहरू तिमिल्सिनाले गाएका थिए ।
२०५१ मा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेपछि तिमिल्सिनाले चर्चित कलाकारहरूसँग गीत गाएका थिए ।
१६ भदौ २०८२, मङ्गलबार ०८:१५ मा प्रकाशित