काठमाडाैँ । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा संगठनभित्र अनुभवी, कार्यकर्तामुखी र दीर्घ राजनीतिक यात्राका धनी हस्त पण्डितले केन्द्रीय सदस्यमा उम्मेदवारी दाबी पेश गर्ने भएका छन् ।
२०४० सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका पण्डितले विद्यार्थी राजनीति प्रारम्भिक दिनदेखि नै संगठनलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। सरस्वती माध्यमिक विद्यालयमा प्रा. क. सचिवको रूपमा जिम्मेवारी सम्हालेका उनले पछि आरआर क्याम्पस र त्रिचन्द्र क्याम्पसमा अध्ययनरत रहँदा विद्यार्थी संगठनमा निरन्तर आवद्ध हुँदै आन्दोलनका धेरै चरणमा अग्रपंक्तिमा नेतृत्व प्रदान गरे ।
२०४७ सालमा पार्टी सदस्यता लिएपछि पण्डितको राजनीतिक जिम्मेवारी झन् विस्तार हुँदै गयो । गाउँ कमिटी सचिव देखि इलाका कमिटी सचिव सम्मको जिम्मेवारी बहन गर्दै उनले संगठन विस्तार, जनसम्पर्क तथा राजनीतिक परिपक्वताको आधार सुदृढ बनाएका थिए ।
युवा राजनीतिमा पनि पण्डित समान रूपमा चर्चित छन् । २०५१ देखि २०६१ सालसम्म युवा संघ नेपालका जिल्ला अध्यक्ष, त्यसपछि २०६१ मा केन्द्रीय सदस्य र २०६३ - २०६६ मा केन्द्रीय सचिवका रूपमा जिम्मेवारी सम्हाल्दा उनले राष्ट्रिय युवा नीतिमा सुझाव राख्ने, विभिन्न युवा संघ-संगठन सँग सहकार्य गरेर अगाडि बढेका थिए ।
पार्टी संगठनभित्र पनि उनको भूमिका निरन्तर महत्वपूर्ण रहँदै आएको छ। २०५१ सालदेखि जिल्ला कमिटी सदस्य हुँदै २०६६- २०६९ मा जिल्ला अध्यक्षका रूपमा कार्यरत रहँदा उनले जिल्लामा संगठन सुदृढीकरण, जनआन्दोलनका चरणहरूमा सक्रियता र पार्टी नीतिप्रति जनविश्वासमा उल्लेखनीय भूमिका खेले ।
हाल पण्डित २०७० सालदेखि पार्टीको बागमती अञ्चल समन्वय समिति, बागमती प्रदेश कमिटी तथा पार्टीका केन्द्रीय विभागहरूमा जिम्मेवारीसहित सक्रिय छन् । लामो राजनीतिक अनुभव, संगठन निर्माणमा दक्षता र निरन्तर जनसरोकारमुखी कार्यशैलीका कारण महाधिवेशनमा उनको उम्मेदवारीलाई कार्यकर्ताहरूले सकारात्मक रूपमा लिएको देखिन्छ ।
पार्टीभित्र धरातलीय अनुभव, दीर्घ राजनीतिक यात्रा र संगठनप्रतिको समर्पणका आधारमा हस्त पण्डित ११औँ महाधिवेशनमा बलियो दावेदारका रूपमा उदाएका छन् ।
सिन्धु एमाले भित्र मात्रै होइन नेता र नेतृत्वको हिसाबले एक सक्षम, अनुशासित र संगठन - निर्माणमा दक्ष नेतृत्वका रूपमा परिचित छन्न पण्डित ।
पण्डित सँग सिन्धुपाल्चोक बाट आगामी अधिवेशनमा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले उप महासचिवमा ,नेता अरुण नेपालले सचिवमा र केन्द्रीय सदस्यमा टासी लामाले उमेदवार भन्ने घोषणा गरेका छन्न।