नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनको लागि सिन्धुपाल्चोक १ मा सुबोध र २ मा शरदको नाम सिफारिस

दिपक विक्रम देउजा

सिन्धुपाल्चोक । आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस गरेको छ।
नेकपा सिन्धुपाल्चोक जिल्ला समितिले प्रतिनिधिसभा क्षेत्र नं. १ बाट माधव सापकोटा ‘सुबोध’ लाई सर्वसहमत रूपमा एकल उम्मेदवारका रूपमा सिफारिस गरेको हो।
पार्टीको आज जिल्लाको खाडीचौरामा बसेको १ नं क्षेत्रीय समितिको बैठकले सापकोटाको एकल नाम सिफारीस गरेको हो ।
बैठकमा पूर्व साम्सद द्वय राजकुमार श्रेष्ठ र सिंह बहादुर विश्वकर्माले सापकोटाको नाम प्रस्ताव गरेका थिए भने बागमती प्रदेस सभा सदस्य सरल सहयात्री पौडेलले समर्थन गरेका थिए । सापकोटा यसअघि सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
त्यस्तै, प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गत क्षेत्रीय समन्वय समितिको उम्मेदवार सिफारिस बैठकले प्रत्यक्षतर्फ कमरेड युवराज दुलाल ‘शरद’ लाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको जनाएको छ।
दुलाल हाल बागमती प्रदेशसभा सदस्य हुन । अनि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा क बाट निर्वाचित प्रदेश सांसद हुन् ।
त्यस्तै बैठकले समानुपातिक तर्फ भगबति नेपाल, बलराम बि क, रामलाल बि क, वीर बा तमाङ, लोकमान तमाङ, कमल माझी, पेमा ह्योल्मो र बलराम सुनारलाई सिफारिस गरिएको छ।आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठन सुदृढीकरण तथा चुनावी तयारीलाई तीव्रता दिएको बताइएको छ।

प्रतिक्रिया