पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर २ बाँसखर्कका पूर्व वडाध्यक्ष , नेकपा एमाले गाउँ पालिका कमिटी अध्यक्ष , पाँचपोखरी प्राथमिक अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुर्दोयमान दोङको असामयिक निधनले गाउँपालिका मात्र होइन, सम्पूर्ण सिन्धुपाल्चोक स्तब्ध बनेको छ। दोङ लाई ५ महिना मात्रै अघि क्यान्सर (ब्रेन ट्युमर) पुष्टि भएको थियो र त्यसयता लामो समय हरिसिद्दि क्यान्सर अस्पतालमा निरन्तर उपचारमा रहँदै आउनुभएका दोङ अन्ततः भाद्र २१ गते राति सिभिल अस्पताल बानेश्वरमा अन्तिममा स्वास लिनुभएको थियोे ।
दोङको निधनले गाउँपालिका, अस्पताल, पार्टी र समाजमा क्षेत्रर कृषि ठूलो रिक्तता सिर्जना गरेको गाउपालिका प्रवक्ता नारायण भट्टराईले बताए ।
२१ भदौ २०८२, आईतबार ०३:१२ मा प्रकाशित