दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न एमाले हेलम्बुको माग

दिपक विक्रम देउजा

हेलम्बु ; नेकपा एमाले हेलम्बु गाउँपालिका कमिटी दुग्ध पदार्थ उत्पादक किसानलाई निजी र सरकारी निकायले तिर्न बाँकी बक्यौंता दिने वातावण तत्काल बनाउन माग गरेको छ।

पालिक कमिटी अध्यक्ष सरोज गजुरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ।
                         
प्रेस विज्ञप्ती

हेलम्बु गाउँपालिका भित्रका दुग्ध उत्पादक किसानहरू विगत आठ महिनादेखि आफुले उत्पादन गरी विक्री गरेको दुधको भुक्तानी नपाएर गम्भीर आर्थिक संकट भोगिरहेका छन् । निजी क्षेत्रका व्यपारीले पालिका भित्रका विभिन्न ८ वटा दुग्ध संकलन केन्द्रबाट दैनिक एक हजार लिटरभन्दा बढी दुध संकलन गरी लिएको तर विगत ८ महिनादेखि पाउनु पर्ने रु. एक करोडभन्दा बढी रकम किसानहरुले पाउन सकेका छैनन् । विभिन्न बहानाबाजी गर्ने खातामा पैसा नभएको चेक दिने जस्ता गैरजिम्मेबार हर्कतले किसानहरु आजित भएका छन् । चाडबाडको सन्मुखमा रहेका किसानहरुको दुध विक्रीबाट हुने आम्दानी दैनिक घर खर्च लगायत अन्य जीविकाको प्रमुख श्रोत रहेकाले अविलम्ब भुक्तानी गर्न सम्बन्धित व्यापारी र निकायहरुसँग जोडदार माग गर्दछौं ।

किसानहरुले उत्पादन गरेको पसिनाको मूल्य समयमै प्राप्त नहुनु एउटा किसानको जीवनमा पर्न सक्ने प्रतिकूल प्रभावको गम्भीर उदाहरण हो। यस घटनाले हाम्रो मौलिक कृषि प्रणाली र किसानप्रति सम्बन्धित निकाय तथा संस्थाहरूको उदासीनतालाई उजागर गरिरहेको छ । नेकपा ( एमाले) हेलम्बु यस पीडादायी परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै किसानहरूले भोगिरहेको अन्यायपूर्ण अवस्थाको यथाशीघ्र समाधानका लागि सम्बन्धित निकायहरूलाई गम्भीर ध्यानाकर्षण गराउँदछौं ।

हामी यसै विज्ञप्तिमार्फत हेलम्बुका किसानको आवाजलाई बुलन्द बनाउँदै सशक्त समर्थनका साथ पुर्ण भुक्तानीको लागि जोडदार माग गर्दछौं ।

प्रतिक्रिया